आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, November 8, 2013

प्रचार प्रसार अभियानलाई तिव्रता

आहा सञ्चार
रुकुम

नेकपा एमाले निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार खेममान खड्कालाई विजयी गराउन र नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्न प्रचार प्रसार अभियानलाई तिव्र पारिरहेको छ । यसै क्रममा शुक्रबार जाङ्ग गाविसको गरालीमा चुनावी सभा सम्पन्न गरेको बताइएको छ । सो सभामा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार खेममान खड्काले आगामी निर्वाचनवाट नेकपा एमालको जित भए मात्र देशले शान्ती र संविधान प्राप्त गर्ने र विकासले गति पाउने भएकाले एमालेलाई मतदान गर्न सवैलाई आग्रह गरे । नेकपा एमाले राप्ती अञ्चल सचिव नन्दलाल शर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा जिल्ला कमिटि सदस्य मस्त समाल उत्तम खड्का किसान महासंघका उपाध्यक्ष विर वहादुर खड्का १ नं क्षेत्रका अध्यक्ष लाल वहादुर वोहराका साथै नेकपा एमालेका विभिन्न तहका नेताहरुको आथित्यता रहेको थियो । स्थानिय मतदाताहरुको भव्य र उत्साहजनक सहभागिता रहेको दाबी गरिएको उक्त सभामा स्थानीय वासीहरुले फुलमाला तथा अविरले स्वागत गरेका बताईएको छ । सोही सभामा विभिन्न पार्टी परित्याग गरी विर वहादुर वोहरा, वसन्त वुढा, रमेश वुढा, हर्क वहादुर मल्ल लगायत १ दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । कार्यक्रममा घनश्याम वोहराको अध्यक्ष्तामा २५ सदस्य युवा संघ र धिरेन्द्र वोहराको संयोजकत्वमा २९ सदस्य प्रचार प्रसार समिति गठन गरेको एमाले रुकुमका प्रचारप्रसार उपप्रमुख कर्णबहादुर ओलीले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |