आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, November 28, 2013

घटनामा संलग्नलाई कारबार्हि गर ः एमाओबादी

आहा सञ्चार
रुकुम १३ मंसिर


एमाले कार्यकर्ताको आक्रमणमा घाइते भएका अखिल क्रान्तिकारी भक्तपुर जिल्ला समितिका सहसचिव नेत्रवहादुर ओलीकोको घटनामा संलग्न दोषीहरुलाई कारबार्हि गर्न एकिकृत नेकपा माओबादी रुकुमले माग गरेको छ । एमाओबादी रुकुमले एक प्रेस बिगेप्ती जारी गर्दै गम्भीर अवस्थामा उपचार गराइरहेका ओलीको मंगलबार काठमाण्डौंको शिक्षण अस्पताल महाराजगंजमा मृत्यू भएपछि तत्काल पक्राउ अपराधीहरुलाई तत्काल कानुनको कठघरामा ल्याई कानुन वमोजिम कडा कार्वाही गर्न माग गरेको छ । मृतक नेत्रबहादुर ओलीलाई सहीद घोषणा गर्नका साथै पिडित परिवारलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न पनि विज्ञप्तीमा स्थानिय प्रशासनसंग माग गरिएको छ । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सरुण वाँठामगरद्धारा निकालिएको विज्ञप्तीमा मृतक ओलीप्रति भावपुर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ । आठविसकोट २ स्थायी घर भएका ओली गएको मंसीर २ गते घेत्मामा एमाले कार्यकर्ताको आक्रमणमा घाइते भएका थिए ।

1 comments:

Unknown said...

दोषीलाई कानुनको दायरामा ल्याइनुपर्छ र मृतकको परिवारलाई राहत तथा क्षतिपूर्ति व्यवस्था पनि गरिनुपर्छ तर यो शहिद घोषणा चाही अलि मिलेन | जो मरे पनि शहिद भनेर शहिदहरुको अपमान नगर |

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |