
रुकुम ७ मंसिर
रुकुमका दुबै निर्वाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीका उम्मेदवार बिजयी भएका छन । दुबै क्षेत्रमा प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेदवार भारी मतले पराजीत भएका हुन । पहिलो संबिधान सभा निर्बाचनमा भारी मतका साथ पनि एमाओबादीकै उम्मेदबारहरु बिजयी भएका थिए । रुकुम निर्बाचन क्षेत्र नं १ मा एमाओबादीका गणेशमान पुनले १८५९५ मत प्राप्त गरेर बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी काग्रेसका कृष्णबहादुर रोकायले ६१७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जिल्लाको निर्बाचन क्षेत्र नं २ मा पनि एमाओबादीकै जर्नादन शर्माले २२५७५ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी काग्रेसका गोपाल जीजंग शाहले ९९७६ प्राप्त गर्नुभएको छ । एमाओबादीले दुबै क्षेत्रमा बिजयी गरेको भएपनि अघिल्लो निर्बाचनमा बिजयी भएको जस्तो कुनै पनि जुलुस तथा चहलपहल कुनै देखिएको छैन । माओबादीका उम्मेदवारहरु पार्टिको केन्द्रिय कार्यालयको निर्देशन अनुसार काठमाण्डौ तर्फ लागेका छन भने राजनैतिक कार्यकर्ता र सुबेच्छुकहरुले पनि संचारमाध्याममार्फत मतपरिणमबारे जानकारी लिईरहेको थिए ।
0 comments:
Post a Comment