
माओबादीलाई साथ दिन मर्न तयार हुने रुकुमका जनताहरु शान्ति प्रकृया पश्चात मर्नु नपरेरै ठुलो पार्टि भनेर गौरब ठान्दा झनै जनमत बलियो देखिएको छ । एक समाचार बिष्लेशण
समाचारका जनाईएअनुसार रुकुम तत्कालिन नेकपा माओबादीले शुरु गरेको जनयुद्धको उद्गम थलो मात्र होईन युद्ध क्रममा माओबादीको आधार ईलाका भयो । यस जिल्ला माओबादी जनयुद्धको उद्गम थलो तथा आधार ईलाका त कायम भयो तर त्यो हुन तत्कालिन समयमा निकै कठिन थियो । जसको कठिन कुनै बाध्यतामा सिमित थिएन उक्त आधार ईलाका मृत्यु संग साटिएको थियो । त्यतिबेला माओबादी हुन मृत्यु संग बाजी मार्नुपर्थ्यो । माओबादी पार्टिको युद्ध कुनै पार्टि बिरुद्धको नभई राजतन्त्र तथा राज्य बिरुद्धको युद्ध थियो । जसका कारण पनि निरङंकुश राजतन्त्रको बिरोध तथा त्यसको बिपक्षमा उभिनु कम कठिन थिएन । माओबादीमा लागेका कार्यकर्तालाई त खोजीखोजी तत्कालिन शाही नेपाली सेनाले मार्थ्यो नै पार्टिमा नलागेका घरपरिवार तथा छिमेकीलाई पनि सुक्क थिएन । नत माओबादी युद्धको बेला कार्यकर्तालाई खाना खुवाउने र सर्मथन तथा सुबेक्षा राख्ने जनता किन नहुन । या जनयुद्धका पक्षमा लेख्ने पत्रकार होस या जनयुद्धका पक्षमा गाउने कलाकार । सबै मृत्युको बाजी थाप्नुपर्थ्यो । त्यस्तो कठिन र कुरुर यातना दिने समयमा पनि जनताले उक्त मृत्युको प्रबाह नगरी माओबादीको पक्षमा रुकुमका जनता लागे । माओबादीले थालेको राजा र राज्य बिरुद्धको अभियान जारी राखेका थिए । माओबादीको पक्षमा लागेको या बोलेको साटो जनताहरुले शाही नेपाली सेनाको गोली खानुप¥यो तर रुकुमेली जनता उक्त मृत्युको डरको प्रबाह नगरी रुकुमलाई जनयुद्धको आधार ईलाका बनाएरै छाडे । त्यसक्रममा रुकुममा करिब एक हजारको हाराहारीमा मृत्यु तथा बेपत्ता भए । आफ्नो मनले छानेको बिचारका पक्षमा लाग्न रुकुमेली जनतालाई कुनै सेनाको गोली, निरङकुश शाही सरकारको हस्तक्षेप या अन्य केहि बिदेशी हस्तक्षपको डर थिएन । बरु आफु मरेर भएपनि माओबादीले थालेको जनयुद्ध सफल बनाउन चाहान्थे । तर हिजोआज समय र राजनितिले निकै छलाङ मारिसकेको छ । न आज निरङकुश राजतन्त्र छ, नत त माओबादी हुन गोली नै खानुपर्छ । माओबादी हुँदा गोली खान तयार भएर आधार ईलाका बनाएका रुकुमका जनसमुदायहरु हिजोआज माओबादी हुन कुनै अबरोध नहुँदा जनलहरनै भएको र हुनेमा कुनैै शंका छैैन । अहिले माओबादीको हुन गोली खानु पर्दैन बरु पहिलो संबिधान सभाको चुनाब बाट ऐेतिहासिक मत ल्याएर पहिलो भएको पार्टिमा लाग्न पाउँदा गौरब ठानेका बताउछन । अहिले पुन देशमा दोस्रो संबिधान सभाको चुनाब माहोल तातिरहेको छ । मंसिर चारका लागी तोकिएको संबिधान सभाको चुनाबमा यस जिल्लामा माओबादी प्रति आबद्ध तथा पक्षमा लाग्ने जनलहरनै जागेको छ । चुनाबका लागी जिल्लाका बिभिन्न ठाउँमा गरिएका कार्यक्रममा प्रत्येक दिन दर्जनौ अन्य दलका कार्यकर्ता एमाओबादीमा प्रबेश गरेको स्थानिय संचारमाध्यमहरुमा समाचार आईरहेको छ । उनीहरु भन्छन् मृत्यु साँची राखेर माओबादीलाई सहयोग गर्ने हामी अब दिउँदै रहेर सहयोग गर्न हाम्रो कुनै बाध्यता छैन । स्वतन्त्र रुपमा राजनिति गर्ने अबसर पाएका रुकुमेली एमाओबादीलाई सहयोग गर्दैमा हिजोआज कसैले पनि गोली खानु पर्ने छैन । अर्को कुरा चुनाबमा अन्य दलहरुको तुलनामा एमाओबादी रुकुमका उमेद्वार राष्टिय राजनिति र ब्यक्तित्वसंग जोडिएका कारण पनि आगामी संबिधान सभाको निर्बाधनमा बहुमतका साथ बिजयी हुनेमा शंका गर्नु नै उपयुक्त नहुने बिश्लेषकहरु बताउछन । तर २०६४ सालको पहिलो संबिधान सभाको चुनाबमा दुई चार सय देखि दुई चार हजार मत ल्याएका दलका उम्मेदवार तिसौं हजार मत ल्याएका पार्टिलाई उछिनेर आफ्नो महुमत ल्याउने दाबी गर्न पनि छाडेका छैनन्
0 comments:
Post a Comment