काठमाडौं, २५ कात्तिक- मंसिर
४ को संविधानसभा निर्वाचनलाई लक्षित गर्दै बैठकले २ र ३ गते अत्यावश्यक
सेवाका सरकारी कार्यालय बाहेक अन्य कार्यालय पनि विदा गर्ने र मंसिर ४ र ५
गते सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले डेढ हप्ताअघि एआईजीमा बढुवा भएका उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ । केही बेरअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषको बैठकले मंसिर १ बाट लागू हुने गरी अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।ईजीपीको लाईनमा रहेकी अर्की डिआईजी थापाले आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै कात्तिक २१ मा अर्याल विरुद्ध सर्वोच्चमा रिट हालेकी थिइन् । कात्तिक १४ गतेको मन्त्रिपरिषद बैठकले डीआइजी अर्यालललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।


12:03:00 AM
www.aahasanchar.com





0 comments:
Post a Comment