आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, November 6, 2013

पत्रकार आक्रमण गर्ने विरुद्ध मुद्धा दायर

आक्रमण पश्चात उपचारको अबस्थामा पत्रकार ढकाल ।
आहा सञ्चार
रुकुम
रेडियो सानीभेरीका सम्वाददाता तथा क्रान्तिकारी पत्रकार संघ रुकुमका केन्द्रीय पार्षद् शेरप्रसाद ढकालमाथि आक्रमण गर्ने कांग्रेस कार्यकता विरुद्ध बुधबार प्रहरीमा मुद्धा दायर भएको छ । पिडित पत्रकार ढकालका तर्फबाट क्रान्तिकारी पत्रकार संघ रुकुमले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको हो । गएको १४ गते समाचार संकलनको क्रममा पत्रकार ढकालमाथि आक्रमणको निर्देशन दिने जे।के। वाँठा सहित आक्रमण गर्ने भरत भण्डारी, सन्जय मल्ल र क्रान्ति चन्दका विरुद्ध मुद्धा दायर भएको छ । जिल्ला प्रहरी कार्यालयमा ३१ नम्बरमा मुद्धा दायर भएको र घटनाको विषयमा अनुसन्धान कार्यलाई जारी राखिएको प्रहरीले वताएको छ । यसैविच क्रान्तिकारी पत्रकार संघले पत्रकार ढकालमाथि आक्रमण गर्ने दोषिहरुलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको माग गरेको छ ।।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |