हेमन्त केसी
जाजरकोट
नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटका पुर्ब सभापतिले आज (बुधबार) एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन । काँग्रेसले अघि सारेको निति सिद्धान्तले जनआकांक्षा पुरा गर्न नसक्ने भन्दै सभापति यज्ञवहादुर खत्रीले माओवादीमा प्रवेश गरेका हुन । परिवर्तन र अग्रगामी निति सिद्धान्तले मात्र देशको संवृद्धि र विकास हुने भएकाले आफुले एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको उनको भनाई छ । साथै उनले अव काँग्रेसको पार्टीमा इमान्दार र प्रगतिशील व्यक्तिहरु रहन नसक्ने पनि स्पष्ट पारेका छन । नवप्रवेशी काँग्रेस जाजरकोटका पुर्बसभापति यज्ञवहादुर खत्रीलाई एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जाजरकोट क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार भक्तवहादुर शाह, केन्द्रीय सदस्य खगेन्द्र सेन र केन्द्रीय सदस्य तथा भेरी कर्णाली राज्य समितिका इन्चार्ज कालीवहादुर मल्लले स्वागत गरेका हुन । जाजरकोट खलंगा स्थित थाप्लेचौरमा एमाओवादीको कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका अन्य एक दर्जन वढी जिल्ला स्तरिय कार्यकर्ता पनि एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको बताईएको छ । पार्टी प्रवेश गरेका पुर्बसभापति यज्ञवहादुर खत्री लगायतका कार्यकर्ताहरुले केहि समयपछि पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको बताइएको छ ।

0 comments:
Post a Comment