क्रान्तिकारी पत्रकार संघ जाजरकोटले सूचनालाई व्यवस्थित र भरपर्दो बनाउनका लागि सञ्चार डेस्कको स्थापना गरेको छ । सोमबार बिहान सो डेस्कको स्थापना गरिएको हो । जिल्लाका सञ्चारकर्मी र सञ्चार माध्यमलाई व्यवस्थित तरिकाले सूचना दिन डेस्क स्थापना गरिएको क्रान्तिकारी पत्रकार संघ जाजरकोटका इन्चार्ज हेमन्त केसीले बताए । सूचना डेस्कमार्फत जिल्लाका पत्रकारहरुलाई दिनभरिको समाचार बेलुका उपलव्ध गराईने केसीले बताए । संविधानसभाको निर्वाचन अवधिभरका लागि सो डेस्कले काम गर्नेछ ।
0 comments:
Post a Comment