आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, October 22, 2013

रुकुममा किन बुझाएनन् हतियार

मेगराज खड्का
रुकुम


रुकुममा पटकपटक अबैध तथा लाइसन्स प्राप्त हतियार बुझाउन प्रहरी प्रशासनले अग्रह गरेपनि सोचेअनुसारको हतियारहरु प्रहरीलाई बुझाईएको छैन । अन्य जिल्लाहरुमा सयौंको संख्यामा हतियारहरु संकलन भएको भएपनि रुकुममा संकलन नहुँदा घरेलु तथा साना हतियारबाट हुने कार्यको सुरक्षा चुनौतिको रुपमा बिश्लेषण गरिन थालिएको छ ।  इजाजत पत्र बनाएर तथा नबनाएर पार्टिको ओतमा अपराधिक गतिबिधि लागी पनि हतियार राख्ने गरिएको छ । रुकुममा करिब सयंको संख्यामा लाईसन्स प्राप्त साना हतियारहरु रहेको बताईएको छ । जस अन्तरगत केहि ब्यक्तिमा लाईसन्स मात्र नबिकरण गर्ने र हतियार द्धन्द्धकालदेखि प्रहरीमा रहेको भएपनि अधिकांसमा हतियार नै रहेको बुझीएको छ । गृह मन्त्रालय तथा मातहातका जिल्ला प्रशासन कार्यालयहरुले केहि समय अघि देखि लाइसन्स भएका हतियार पनि दोस्रो संबिधान सभा चुनाबमा कहि कतै प्रयोग हुने अनुमान गर्दै चुनाबको काम सकिएपछि पुन फिर्ता दिने सर्त सहित हतियार बुझाउन आग्रह गरको थियो । तर रुकुमको सन्र्दभमा इजाजत लिएका हतियार पनि पुर्ण रुपमा बुझाईएको छैन ।  जिल्ला प्रशासन कार्यालय रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सूचना जारी गरेपछि २ थान बाह्रबोर बन्दुक मात्र बुझाईएको छ । चुनाबका लागी मात्र नभएर यस अघि इजाजत पत्र नभएर पनि राखिएका हतियार बुझाएमा कुनै पनि कारबार्हि नहुने सरकारले अनुुरोध गरपनि खासै हतियार बुझाईन । अन्य जिल्लामा सयौंको संख्यामा बुझाउदा संभाबना भएको यस जिल्लामा १५ थान भरुवा बन्दुक मात्र संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । यसरी चुनाबी काम तथा अन्य बेलामा गरिएका सरकारी गतिबिधीले रुकुममा सोचेजती हतियार संकलन नहुनाले बिषेशगरी चुनाब तथा अन्य समयमा पनि घरेलु तथा साना हतियारबाट हुने कार्यको सुरक्षा चुनौति बढेको छ । आसन्न दोस्रो संबिधान सभा सदस्य निर्बाचनको माहोल देशभर तातिएसगै रुकुमका पनि गाउँगाउँमा चुनाबी गतिबिधीहरु अगाडी बढिरहेका छन । चुनाबी परिणाम आफ्नो पोल्टामा पार्न केहि ठुला राजनैतिकदलका नेता तथा कार्यकर्ताहरु लागेसगै झडप तथा बिभिन्न अराजनितिक क्रियाकलापहरु पनि शुरु भएका छन ।  त्यसकारण चुनाबलाई स्वतन्त्र र धाँदलीरहित तथा उक्त हतियारहरु चुनाब गतिबिधीमा प्रयोग हुन नदिन जिल्ला स्थित सरोकारराख्ने सुरक्षा निकाय चनाखो भएर लाग्न आबश्यक छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |