आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 30, 2013

गाउँ गाउँमा चुनाबी रौनक

दोस्रो संबिधान सभाको निर्बाचन मिति नजिकिदै गर्दा जिल्लाका ग्रामिन भेगहरुमा पनि चुनाबी गतिबिधीहरु क्रमसः बढ्दै गएका छन । हिन्दु नेपालीहरुको महान् चाड विजय दशमी तथा शुभदिपावलीको अवसरमा सदरमुकाममा केन्द्रित  रहेका मानिसहरु गाउँमा पुग्दा रमाईलो बन्दै गएका गाउँबस्ती चुनाबी माहोलले झनै तातिएको हो । यी तीन कारणले गर्दा अहिले गाउँ गाउँमा  बढ्दो चहलपहल छ । तिहार लगत्तै चुनाव आएका कारण पनि गाउँमा आएको बेला आफ्नो मतको सदुपयोग गर्न चाहेको अवस्था देखिन्छ । आफ्नो प्रतिनिधि पठाउने मौका पनि निर्वाचन नै भएकाले आफ्नो गाउँमा आएको बेला त्यो मौका पनि चुकाउनु हुँदैन भन्ने मानसिकतामा उनीहरु रहेका छन् । यस्तो मनस्थितिमा रहेका उनीहरुलाई लच्छित गरेर विभिन्न उम्मेदवारहरुले गाउँघरमा चुनावी कार्यक्रमहरु पनि केन्द्रित गरिरहेका छन् । यसरी विभिन्न दलका उम्मेदवारहरु पनि गाउँमा मत माग्न आउने गरेका तथा अन्य कार्यक्रमहरु पनि सँधै जसो भैरहँदा गाउँमा चहलपहल बढेको देखिन्छ । कहिले कुन उम्मेदवारका त कहिले कुन उम्मेदवारका व्यक्तिहरु गाउँमा चुनावी कार्यक्रमसहित आउने गर्दा चाडसँगै चुनावी रौनक पनि बढेको हो । अघिल्लो संबिधान सभाको निर्बाचन मार्फत बनेको संसद मार्फत संबिधान नबनेपनि अबको निर्वाचनबाट बन्ने संविधानसभाबाट जनमुखि संविधान बन्ने आशामा जनता छन् । यसअघिको संविधानसभा १२ बर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनको पक्षमा बन्न लागेको संबिधान जनबिरोधी राजनैतिक पार्टि तथा शक्तिकेन्द्रको आडमा बन्न सकेन । तर हाम्रो लागी जनमुखि संबिधान निमार्ण गर्ने अर्को अबसर आएको छ । जस  कारण पनि सम्पुर्ण नेपाली जनताहरुको एजेन्डाका पक्षमा र नेपालका चलेका बिभिन्न घटनाक्रमलाई सम्बोधन हुने गरि संबिधान बनाउने पार्टिलाई बहुमतका साथ जिताउनु तपाई हाम्रो दायित्व हुन आउछ । तब मात्र संघियता सहितको जनसंबिधान समयमै बन्ने निश्चित देखिन्छ । (बर्ष १ अंक २३)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |