गोपाल रेग्मी
रुकुम १० कात्तिक
जिल्लाको चौरजहारीमा निर्धन उत्थान बैक लिमिटेडको शाखा कार्यालय उदघाटन गरिएको छ । चौरजहारीको पुरानो बजारमा अवस्थित बैकको उदघाटन केन्द्रिय कार्यालय काठमाडांैका योजना अनुगमन तथा अनुसन्धान विभाग प्रमुख राम बहादुर यादवले गरेका हुन । जिल्लाको विजयश्वरी, कोटजहारी, सल्यानको कालागाउँ र जाजरकोटको जगतिपुर गाविसमाका उपभोक्ताहरुलाई समुह मार्फत बैंकिंग सेवा प्रवाह गर्ने शाखाले बताएको छ । बैकंले विभिन्न शिर्षकमा बचत, कर्जा, विमा र रेमिटेन्स सेवा प्रदान गर्ने शाखा प्रमुख उपेन्द्र गौतमले जानकारी दिए । बैंकले १ लाख सम्मको विना धितो र ४ लाख धितो सहितको रकम समुह लाई प्रदान गर्ने बताईएको छ । मध्यपश्चिमा अञ्चल विकास क्षेत्रमा १ सय १६ औं शाखाको रुपमा स्थापित बैक लिमिटेडले आगामी ४ वर्ष भित्र देशका ७५ वटै जिल्लामा आफना शाखाहरु विस्तार गर्ने जनाएको छ । शहिदगेट महिला समुहका अध्यक्ष उमादेवी सुनारको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा निर्धन बैंक लिमिटेड क्षेत्रीय प्रमुख आनन्द गौतम ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक विष्णुवर सिंह थापा, वीरदल गण ग गुल्मका क्याप्टेन रत्न वहादुर श्रेष्ठ, चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी लगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु को सहभागीता रहेको थियो ।

4:54:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment