निर्मला शर्मा
रुकुम
बैदेशिक रोजगारका लागि बिदेशिन युवाहरुको लागी जिल्ला सदरमुकाम मुसिकोट खलंगामा सुरक्षित परामर्श स्थापना गरि नियमित जनचेतनाका कार्यहरु भैरहेको छन । देशभित्र रोजगारका अवसरहरु हुन नसक्दा बिदेशिने युवाहरुलाई लक्षित गरि परामर्श केन्द्र स्थापना गरिएको हो । हिजोआज हजारौ युवायुवतीहरु धन कमाउने आषामा बैदेशिक रोजगार सम्बन्धी जानकारी नै नपाई बिदेशीने गरेका कारण दुख पाउने गरेका छन । यहि र यस्तै घटनामा दुख पाएका युवाहरु मिलेर एक बर्ष यता बैदेशिक रोजगार सुचना केन्द्रको स्थापना गरि थोरै भएपनि बैदेशिक रोगजार सम्बधी सचेतना तथा परामर्श दिने अठोट राखिएको छन । बैदेशिक रोजगारको सिलसिलामा उचित किसमको परामर्श नपाउदाँ काम र तलबको बारेमा पक्का नहुने तथा कामका लागि हातमा सिप नहुँदा आउने अफ्ठेरो लगायतका बारेमा परामर्श लिन आउने युवायुवतीलाई परामर्श दिने गरेको केन्द्रका अध्यक्ष भिमबहादुर खड्काले जानकारी दिए । ‘बैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनी परामर्श दिने गरेका छौ’ उनले भने । उनका अनुसार हालसम्म केन्द्रबाट एक हजार बढीले यस सम्बन्धी जानकारी लिएका छन । त्यस्तै सुचना केन्द्र मार्फत बैदेशिक रोजगार सम्बन्धी जनचेतना कार्यक्रम, यसका लागी सरकारी निकायबाट भएका प्रयासहरु, बैदेशिक रोगजारका प्रमुख समस्या तथा कानुनी ब्यबस्था, जानुपुर्ब र गईसकेपछि आईपर्ने समस्या, समस्या समाधानका लागी अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा जनचेतना लगाउने काम भैरहेको छ । जुनसुकै देशमा पनि रोजगारीका लागि जाादा आफुहरुलाई सुरक्षित बनाउन केन्द्रमा परामर्श लिएर यात्रा सफल र सरल बनाउन अध्यक्ष खड्काले आग्रह गरे । केन्द्रले त्यस सगै जिल्लास्तरमा यससम्बन्धी अभिमुखिकरण, आबश्यक सिपमुलक तालिमका लागि पराशर्म, क्षतिपुर्तिका लागि पहल, ठगिएका तथा अंगभंग भएकाहरुका लागी राहात कोषको स्थापना लगायतको काम गर्दै आएको बताईएको छ ।

0 comments:
Post a Comment