बैबाहिक जीवनलाई सफलतापूर्वक निर्बाह गर्नु निकै चुनौतीपूर्ण काम हो । मानिसको वैबाहिक जीवनलाई सहज रुपमा चलाउँदै परिवारका सदस्यलाई पनि खुसी बनाएर लैजान सक्नु चुनौतीको विषय हुँदाहुँदै पनि ससाना कुरामा ध्यान दिन सके दाम्पत्य जीवन सुखमय हुन जान्छ । पतिपत्नीबीचको सम्बन्धले पारिवारिक जीवन तथा परिवारको सम्बन्धलाई पनि प्रगाढ राख्न मद्धत गर्छ । पति पत्नीबीच राम्रो मेल र समझदार भएमात्र पारिवारिक जीवन सहज रुपले अगाडि बढ्छ । तर यसका लागी भने ससाना कुरामा ध्यान दिनुपर्ने हुन्छ । हामीलाई थाहा हुँदाहुँदै पनि यस्ता विषयलाई हामीलेध्यान दिन नसक्दा परिवारमा कलह, वैमनस्यता जस्ता समस्या देखिने गर्छन् । केही समान्य उपायहरु जसले दाम्पत्य जीवनलाई खुसी राख्न मद्धत गर्छ ती यस्ता छन् ः
१. पति पत्नीबीचको कुराकानी ः पतिपत्नी बीचको कुराकानीले दाम्पत्य जीवनलाई सुखमय बनाउन निकै महत्वपुर्ण भूमिका खेल्छ । पारिवारिक रुपमा जतिसुकै कुराकानी भएपनि पति पत्नीबीच दिनमा छुट्टै कुराकानी हुनु जरुरी हुन्छ । यसले दुवै बीचको सामिप्यतालाई थप नजिक ल्याऊँछ । जतिसुकै व्यस्त भएपनि एक अर्काका लागी कम्तिमा १०,१५ मिनेट समय छुट्याउनु राम्रो मानिन्छ ।
२. एक अर्कालाई सम्मान ः पति पत्नीबीच एक अर्कामा सम्मान हुनु जरुरी हुन्छ । एकले अर्कोलाई सम्मान गर्दा त्यसले सम्बन्धमा झन् गाढापन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । पति या पत्नीले ऊनी मेरो मात्र हुन् मैले जे गरे पनि हुन्छ भन्ने भावनाले दुईबीचको सम्बन्धमा गाढापना भन्दा चिसोपना बढी ल्याउने गर्छ ।
३. ठीकै छ भन्ने भावना आउनु ः यदी तपाईले गरेका कुनै कामलाई तपाईको जीवन साथीले मन नपराइकन नै ठीक छ नि त भन्ने भावना आए वा एकले मन नपराएको कामलाई अर्काले जबरजस्ती गर्न खोज्दा पनि दुई बीचको सम्बन्धमा चिसोपन आउन सक्छ । दुवैबीच यदी कुनै कामका लागि सहमति भएमात्र त्यसलाई एक अर्काले पुणरुपमा साथदिँदै उक्त कामलाई राम्रो संग गर्न सकिन्छ ।
४. आथिर्क पारदशिर्ता ः पतिपत्नी बीच पैसाका विषयमा पारदर्शी हुनु आवश्यक हुन्छ । दुवैबीच पैसाको कारोबारका विषयमा राम्रोसंग जानकारी हुँदा भविष्यका योजनाहरुमा समेत सहयोग पुग्छ र सोही योजना अनुसार नै जीवन निर्वाह गर्न सहज हुन्छ ।
५. परिवारका अन्य सदस्यसंगको सम्बन्ध ः पति पत्नीबीचको सम्बन्धमा उनीहरुको परिवारको पनि ठूलो भूमिका हुन्छ । यदी परिवारका कोही सदस्यसंग मनमुटाव हुने या उनीहरुबीच कुराकानी मिल्न नसक्दा पनि परिवारमा कलहको स्थिति सिर्जना हुनुको साथै पति पत्नीबीचको सम्बन्धमा समेत चिसोपन आउन सक्छ । पारिवारिक सम्बन्धलाई सकेसम्म राम्रो राख्न सकेमात्र परिवारमा खुसी आउनुका साथै पति पत्नीबीचको सम्बन्ध पनि प्रगाढ हुने गर्छ ।
६. प्रेम गर्ने समय ः विबाहको लामो समय भएपनि पतिपत्नी बीचको प्रेमको सम्बन्ध लामो समयसम्म कायम रहँदा सधै खुसियाली छाउँछ । जीवनका धेरै बर्ष साथमा बिताउँदा पनि पति पत्नीबीचको सम्बन्ध सुरुवातका दिनमा जस्तै रहन सक्यो भने बैवाहिक जीवन सफल हुनुकासाथै लामो जीवन सहजै काट्न सकिन्छ । नेपालसुईस डटकम

0 comments:
Post a Comment