पानीको जोहो गर्दै एक महिला |
हरि गौतम
रुकुम
बर्षाको आधाआधि सम्म पनि खानेपानीको हाहाकार छ भन्ने सुन्दा अच्चम लाग्ला तर अच्चम मान्नु पर्दैन । जिल्लाको पश्चिम क्षेत्र विजयश्वरी गाविसको चौरजहारी बजार हिजो आज पनि चरम खानेपानीको समस्याबाट ग्रसित छ । चौरजहारीका नयाँ बजार, पुरानो बजार, नाखिरा, घारीगाउँ, लामिछानेगाउँ, टाटागाउँ, स्यालखोला ठाउँका सर्वसाधारण एक गाग्री पानी भर्न घन्टौं लाइन लाग्न बाध्य छन् । २०३५ सालमा निर्माण गरिएको विजयश्वरी गाविसकै ९ नम्वर वडा अमलाटाकुरादेखि चौरजहारी सम्मको खानेपानी आयोजना जिर्ण बन्नु तथा जनसंख्याको आधारमा त्यो पानी कम भएपछि समस्या विकराल बन्दै गएको होटल व्यवसायी दिवाकर गौतमले बताए । तत्कालीन समयको जनसंख्यालाई मध्यजनर गर्दै निर्माण गरिएको खानेपानी आयोजना हालको जनसंख्याको लागि निकै कम भएको उनको भनाई रहेको छ । बर्षा याममा पानीका मुहान फुटेपनि पाइप सानो भएपछि चौरजहारीमा पानीको समस्या भैरहेको हो । चौरजहारीको खानेपानी समस्यालाई सम्बोधन गर्न पञ्चबर्षिय चौरजहारी खानेपानी आयोजनाको सुरुवात भएपनि त्यसले मुर्त रुप ग्रहन गर्न सकिरहेको छैन । राजनीतिक दलको विवादको कारण दुई आर्थिक बर्षमा खानेपानी आयोजनाको एक करोड ८ लाख रुपैया फ्रिज गएको छ । आर्थिक बर्ष २०६७÷०६८ मा ६८ लाख र आर्थिक बर्ष २०६८÷०६९ मा ४० लाख रुपैया फ्रिज गएको चौरजहारी खानेपानी आयोजना निर्माण उपभोक्ता समितिले बताएको छ । उपभोक्ता समितिको अध्यक्षको विषयमा राजनीतिक दलहरुविच भएको लामो विवादका कारण हाल सम्म आयोजनाको काम ५० प्रतिशत पनि पुग्न सकेको छैन । समिति भंग गर्ने र निर्माण गर्ने खेलमै राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरु रहेका छन् । यस अघि गठित उपभोक्ता समितिका अध्यक्ष रहेका टेकबहादुर गिरीले राजनीतिक दलको असहमतिकै कारण आयोजनाको काममा ढिलाई भएको बताए । राजनीतिक दलकै कारण उपभोक्ताहरु खानेपानी उपयोग गर्नबाट बञ्चित भएको भनाइ गिरीको छ । ‘एक घर एक धारा’ नारा सहित सुरु गरिएको खानेपानी आयोजना निर्माणको पर्खाइमा रहेका चौरजहारीबासीहरु हिउँद यामभरी भेरीको दुषित पानी खान बाध्य छन् । विजयश्वरी ९ को तितेखर्क मुहानबाट पानी ल्याई चौरजहारीबासीलाई वितरण गर्ने योजना खानेपानी आयोजनाको छ । हाल सम्म मुहानमा इन्टेक निर्माण, टोल टोलमा पानी वितरणको लागि ट्याङ्की निर्माण, पाइप खरिद लगायतका काम मात्र भएको आयोजना निर्माण समितिका हालका अध्यक्ष दिलबहादुर रानाले जानकारी दिए । ५ बर्ष भित्र ५ करोड रुपैयाँमा आयोजना सक्ने लक्ष राखिएपनि त्यो सम्भावना क्षिण हुँदै उपभोक्ताहरुले अनुमान गरेका छन् । निर्माणको काममा ढिलासुस्ती हुनुले समयमै आयोजना सम्पन्न नहुने तर्क उपभोक्ताको छ । अनावश्यक खिचातानी गर्दा गाउँमै पुगेको बजेट फ्रिज गएकोप्रति पनि उपभोक्ताहरु आक्रोशित भएका छन् । सुरुमा एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको आयोजनामा सहभागि अन्य दलका सदस्यहरु बैठकमा सहभागि नहुने, आवश्यक निर्णय लिंदा पनि बार्गेनिङमै बसेपछि समस्या सुरु भएको थियो । लामो समय सम्म विवादीत समितिलाई गत जेठमा सर्वदलिय भेलाबाट पुःर्नगठन गरि हाल आयोजनाको काम अघि बढाइएको छ । हाल आयोजना निर्माणको काम तिव्र रुपमा अघि बढाईएको अध्यक्ष दिलबहादुर रानाले जानकारी दिए । सके सम्म समयमै खानेपानी आयोजना सम्पन्न गर्ने गरि आफुहरुले काम गरिरहेको उनले बताए ।

0 comments:
Post a Comment