सरकारले प्रस्तुत गरेको यस आर्थिक बर्षको बजेटमा रुकुम सहित अन्य जिल्लाहरु जोडिएका निति तथा कार्यक्रमहरु भएपनि रुकुलाईलाई नै प्राथामिकता दिएको कुनै कार्यक्रम समेटिएको छैन ।
मेगराज खड्का
रुकुम

सोमबार सरकाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७०÷७१ को बजेटमा देशभर केहि जिल्लामा घोषणा गरिएको नयाँ निति कार्यक्रमहरुले खुसियाली छाएको भएपनि रुकुमलाई भने प्राथामिकता दिन सकेको छैन । अघिल्लो बर्षमा झन्झटिलो गरेर आउने बजेट भन्दा यस बर्ष आर्थिक बर्षको शुरुमा पुरै बजेट आउदा केहि होला भन्ने सोचेका रुकुमेलीहरुलाई कुनै नयाँ हौसला छैन । यस आर्थिक बर्षको प्रस्तुत बजेटमा रुकुममा मात्र केन्द्रित गरेर कुनै कार्यक्रमहरु नरहेको भएपनि केहि अन्य जिल्लाहरुसंग जोडिएर नाम भने समेटिएको छ । माओवादी नेतृत्वको सरकारले राष्ट्रिय कार्यक्रमको रुपमा जिल्लाका घरधुरीमा उज्यालो पु¥याउने उदेश्यका साथ रुकुम उज्यालो नामक कार्यक्रम लागु गरिएको भएपनि यसबर्ष भने बजेट भाषणमा त्यसलाई नसमेटिएको भएपनि केहि कृषि तथा सहरी बिकास संग सम्बन्धीत कार्यक्रमहरु भने प्रस्तुत गरिएको छ । रुकुमका केहि भाग छुने मध्यपहाडि लोकमार्ग निमार्णलाई थप निरन्तरता दिन १ अर्ब ९२ करोड बिनियोजन गरिएको छ । त्यस्तै आयोजना निमार्ण गर्दा रुकुमेलीहरुलाई बाधा पर्ने भन्दै बिरोध गरिएको ३ सय मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजनाको बिस्तृत डिजाईन तथा बाताबरणीय अध्ययनका लागि १९ करोड बिनियोजन गरिएको छ । देशभरिको बिद्युत आयोजना निमार्णका लागि उच्च प्रथामिकता दिएको भएपनि रुकुममा बिद्युतका लागि नयाँ कार्यक्रम कुनै छैन । तर रुकुमेलीहरु भने अहिले दैनिक २० घण्टा लोडसेडिङको मार खेपीरहेका छन । त्यस्तै रुकुम सदरमुकाम छुने राप्ती लोकमागको निमार्ण कार्यलाई निरन्तरता दिन रकम छुट्याईएको छ । यस अघिकै सरकारले घोषणा गरेको मध्यपहाडी लोगमार्गमा पर्ने रुकुमको चौरजहारी सहितका बजारहरुलाई देशकै मुख्य दश शहरको रुपमा बिकास गर्न निरन्तरता दिईएको छ । कृषि क्षेत्र अन्तरगत रुकुम लगायातका पाँच जिल्लामा उन्नत बिउबिजन कार्यक्रम संचालनमा ल्याईने सगै साना तथा सहरी सिंचाई कार्यक्रम देशभर बिस्तार गरेको छ । यस अघिकै सरकारले घोषणा गरि निमार्ण कार्य जारी रहेको रुकुम लगायातका ५ बिमानस्थलको स्तरउन्नतीका लागि निरन्तरता दिईएको छ भने यसै आर्थिक बर्षमा रुकुम, सल्यान र जाजरकोट जिल्लाको भौगर्भिक अध्ययन तथा नक्साङकन गरिने छ । अन्य रुकुमलाई नै केन्द्रित गरेर कार्यक्रम नभएपनि देशभर खस्केको एसएलसि परिक्षालाई सुधार गर्न प्रबेशिका परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने प्रत्येक जिल्लाका दुई सामुदायिक बिद्यालयहरुलाई प्रोत्साहान स्वरुप ५ लाखका दरले रकम उपलब्ध गराईने भएको छ । त्यस्तै मध्यपश्चिम तथा सुदुरपश्चिममा द्धन्द्धपिडितका लागि बिषेश कार्यक्रम तथा देशभरीका तुईनलाई झोलंगे पुलले बिस्तापन गर्न दोब्बर बजेटको ब्यबस्था गरिएको छ ।
0 comments:
Post a Comment