आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, May 6, 2013

वभसाईट कतिले हेर्छन,यसरी थाहा पाउन सकिन्छ

Trafficestimate Traffic Estimate find the number of visitors in a monthकुनै पनि वेबसाइट वा ब्लगको लागि भिजिटर अर्थात् वेबसाइटमा राखिएका सामग्रीका पाठक तथा दर्शक र तीनको संख्याले निक्कै महत्व राख्छन्। विशेष गरेर वेबसाइटको लोकप्रियता र प्रभाव जाँच्ने माध्यम भएकाले वेबसाइटको भिजिटर संख्या महत्वपूर्ण पक्ष हो। त्यसैले हरेक वेबसाइट चलाउने मानिस आफ्नो भिजिटरको संख्या जान्न चाहन्छ। त्यसो त वेबसाइटमा विज्ञापन दिने व्यक्ति वा संस्थाका लागि पनि सम्बन्धित वेबसाइटका भिजिटर कति छन् भन्ने जान्नु महत्वको हुन्छ। वेबसाइट चलाउने र त्यसमा विज्ञापन दिने मात्र होइन त्यसका पाठक पनि जान्न चाहन्छन् कि आफूले हेर्ने गरेको वेबसाइट अरु कति मानिसले हेर्छन् भन्ने। वेबसाइटका पाठक, विज्ञापनदाता तथा सञ्चालकका लागि समेत चासोको विषयका रुपमा रहेको भिजिटरको संख्या जान्नका लागि इन्टरनेटमा विभिन्न टुलहरु निशुल्क उपलब्ध छन्।यस्ता टुलहरु मध्ये अम्याजनको एलेक्सालाई नेपालका धेरैले विश्वसनिय मान्ने गरेको पाइन्छ। अमेरिकी र स्थापित कम्पनी अम्याजनको सेवा भएकाले नेपालका वेबसाइट तथा ब्लगका सञ्चालकमा रहेको भ्रम हो कि यसले मात्र सही तथ्यांक दिन्छ। एलेक्सा बाहेक पनि धेरै यस्ता अनलाइन टुल छन् जसले वेबसाइट र तीनको भिजिटरबारेमा जानकारी पत्ता लगाउने र जानकारी दिने गर्दछन्। त्यति मात्र होइन यस्ता वेब टुलले वेबसाइटको विज्ञापनबाट हुनसक्ने सम्भावित आमदानी, ब्राण्ड भ्यालू, डाउनलोड हुन लाग्ने समय, लिंकहरु, आइपी, मेटा ट्याग लगायत वेबसाइटका विभिन्न पक्षका सूचना एकै ठाउँबाट दिन्छन्। वेबसाइट सञ्चालक तथा प्राविधिकलाई सहयोग गर्ने हिसाबमा खुलेका वेबसाइटले प्रदान गर्ने यसखालका सूचनाले कुनै वेबसाइट विशेषका बारेमा जानकारी लिन मदत गर्दछन्।
यस्ता वेबसाइटका सूचनाहरु दिने वेब टुलका रुपमा उपलब्ध धेरै वेबसाइट मध्ये एउटा यस्तो छ जसले कुनै पनि वेबसाइट मासिक तर्थात् ३० दिनमा कतिले हेर्छन् भन्ने पत्ता लगाउँछ। यसको नाम हो ट्राफिक इस्टिमेट। नाम अनुसार नै यसले कुनै पनि वेबसाइटको मासिक भिजिटरको संख्याको अनुमानित तथ्यांक प्रस्तुत गर्दछ। वेबसाइटका बारेमा जानकारी संकलन गर्ने धेरै खालका वेबटुल प्रयोग गरेर ती बाट प्राप्त तथ्यांकहरुको विश्लेषण गरेर यो वेबसाइटले मासिक भिजिटरको तथ्यांकको अनुमानित विवरण प्रस्तुत गर्दछ। त्यसक्रममा यसले विश्वसनिय भनिएका एलक्सा, गुगल, याहु, विंग लगायतका सबै वेब टुलको प्रयोग गर्दछ। जसका तथ्यांकका आधारमा यसले मासिक भिजिटरको आंकलन गर्दछ।
यो वेबसाइटले वेबसाइटको आइपी हेर्ने, साइटको रयांक जाँच गर्ने, वेबसाइटको डाउनलोड हुने गति मापन, किवर्डको संख्या, वेबसाइटको टेक्स्ट भ्यू लगायतका अन्य सेवा पनि दिन्छ। कुनै पनि वेबसाइटको यसखालको जाँच गर्नका लागि यहाँ क्लिक गर्नुहोस्। साभार-दुरसन्चार डटकम

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |