आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, April 21, 2013

वेबसाइटबाट मोबाइल रिचार्ज

Nepal Telecom Pre paid CDMA Mobile Recharge via websiteउपभोक्तालाई सहज रुपमा मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने सुविधा दिनका लागि नेपाल टेलिकमले वेबसाइटबाटै मोबाइल रिचार्ज गर्न सकिने सेवा सुरु गरेको छ। यसरी वेबसाइटबाट मोबाइल फोन रिचार्ज गर्दा आफ्नो मात्र नभएर आफन्तको मोबाइलमा समेत ब्यालेन्स रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। त्यसका लागि टेलिकमले आफ्नो वेबसाइटमा मोबाइल रिचार्जको नयाँ सेक्सन पनि बनाएको छ। तत्कालका लागि टेलिकमको सीडीएमए तथा आइपीसीडीएमए प्रिपेड मोबाइल र फिक्स लाइनहरुमा अनलाइन रिचार्ज गर्न सकिन्छ।टेलिकमले मोबाइल रिचार्जका लागि तयार पारेको यो वेबसाइटमा गएपछि त्यहाँ मोबाइल र रिचार्ज कार्डको पीन नम्बर टाइपस्थान देखिन्छ। जहाँ मोबाइल नम्बर र त्यो भन्दा तल रहेको रिचार्ज पीन नम्बर टाइप गरि क्याप्चा हालेर रिचार्ज बटनमा क्लिक गरेपछि मोबाइलमा नयाँ ब्यालेन्स थपिन्छ। नेपाल टेलिकम आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ’ र ‘कस्टोमर सपोर्ट सिस्टम’ अर्न्तगत बिलिङलाई सजिलो बनाउने र उपभोक्तासँग असल सम्बन्ध विकासमा केन्द्रीत भएको छ। यसखालको अनलाइन रिचार्ज सुविधा विस्तारै टेलिकमका सबै सेवामा लागु हुने टेलिकमले जनाएको छ। टेलिकमले मोबाइल फोन रिचार्जका लागि तयार पारेको वेबसाइटमा यहाँबाट जानुहोस्। साभार-दुरसन्चार डटकम

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |