Wednesday, April 15, 2015

रुकुम आएर संयुक्त जनसेनाको खुलासा गरे बिप्लवले

मेगराज खड्का
रुकुम

बिप्लव नेतृत्वको नेकपा माओबादीले रुकुमको रुँघा गाविसमा गोप्य प्रशिक्षण चलाएको छ । केन्द्रिय अध्यक्ष नेत्र बिक्रम चन्द बिप्लवको समेत सहभागिता रहेको उक्त प्रशिक्षण जिल्ला स्थित सुरक्षा निकायहरुले समेत चासोको रुपमा हरेका छन । पछिल्लो समय प्रायः अर्धभुमिगत जस्तो शैली अपनाईरहेका बिप्लव काठमाण्डौबाट एक्कासी रुकुममा पार्टिको आन्तरिक जानकारी बाहेक अन्य खुल्ला रुपमा प्रचार नगरिएरै रुकुम आएका हुन । आईतबार रुकुम रुँघा आईपुगेका बिप्लव केहि दिन यहि आसपासमा कार्यकर्ता तथा अन्य भेटघाटमा ब्यस्त रहने र त्यसपछि प्रशिक्षणकै लागी रोल्ला इरिबाङ जाने बताईएको छ ।

जसअनुसार सोमबार र मंगलबार माओबादीका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको प्रशिक्षण चलेको छ । प्रशिक्षणमा बिप्लवले नयाँ जनबादी क्रान्तिका लागि तयार हुन कार्यकर्तालाई निर्देशन गरेको प्रशिक्षणमा सहभागि एक नेताले जानकारी दिए । ‘राज्यसत्ताले एकलौटी पेलेमा र बिस्तृत शान्ति सम्झौता राज्यले कार्यन्वयन नगरेमा हामी चुप लाग्दैनौं’ बिप्लवले प्रशिक्षणमा भनेका कुरा राख्दै एक नेताले भने, ‘यदि राज्य जिम्मेवारी नबने सबै माओबादीहरुको पार्टी एकता भन्दा पनि सयुक्त जनसेना निर्माण हुन सक्ने नयाँ कुरा खुलासा गर्नुभो ।’ कोरियामा पार्टि फरक फरक तर सयुक्त सेनाको अभ्यास रहेको बताईएको छ ।

पछिल्लो समय क्रान्तिमा रुकुमेली जनताहरुको भावना कस्तो छ भनी बिप्लव रुकुम आएको हुनसक्ने बताईएपनि नेकपा माओबादी रुकुमले औपचारिक रुपमा भने बिप्लवको रुकुम भ्रमण नितान्त पारिवारिक रहेको दाबी गरेको छ । पार्टि संबद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सचिब हरिबिष्णु ओलीले बिप्लव रुकुम रुँघामा ससुराली र मावली भेटघाटका लागि परिवार सहित आएको र त्यहि मौका छोपेर पार्टि प्रशिक्षण पनि भएको जानकारी दिए । पार्टि प्रशिक्षण भन्दा पनि मुख्य कुरा पारिवारिक भेटघाट भएका कारण धेरै तामझाम र प्रचारप्रसार नर्गदा गोप्य जस्तै मात्र भएको उनको भनाई रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |